काठमाडौं— मच्छेनारायण मन्दिरमा पुरुषोत्तम मास अर्थात् अधिक मास मेला चलिरहेको छ । किर्तिपुरको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा एक महिना सम्म यो मेला लाग्छ । यस मेलामा काठमाडौं उपत्यकासहित विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् ।
मेला व्यवस्थापन समितीका सदस्य सुरेन्द्र मल्लले १ देखि ३१ गते सम्म सुरू भएको पुरुषोत्तम मास मेलामा अघिल्लो वर्ष भन्दा धेरै मान्छे आएको बताए । उनले यस मेला व्यवस्थापन समितिले हरेक पक्षमा राम्रो व्यवस्थापन गरिरहेका बताए । मेलामा आउनेहरुलाई कुनै समस्या परेमा समितीका सदस्यहरुलाई सम्पर्क गर्न पनि आग्रह गरे ।
उनले भने, ‘यस मेलामा व्यवस्थापन समितिले हरेक चीजमा राम्रो व्यवस्थापन गरिरहेका छ । पण्डित बाजेहरूलाई ठाउँमा राखेर पूजा गराउने, लाइनमा बस्ने र पूजा—आजा देखि लिएर हरेक चीज व्यवस्थापन गरेका छौँ ।’
हामीले धेरै अनुगमन गरेर यो पसलहरूमा अनिवार्य रूपमा पोहोर साल जस्तै यस वर्ष पनि नियमन गरेर मूल्यसूचीहरू अनिवार्य राखेका उनले बताए । यसै मोलामा आएका खैजेनि भजनको उपाध्य भक्त बहादु बानियाँले नारायण थानमा पहिला सृष्टि हुदाँ खेरी नारायणको मुखबाट माछा उत्पति भएको उल्लेख गरे ।





































