काठमाडौं—  सरकारले १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोड्ने भएको छ ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १० हजार सामुदायी विद्यालयमा उच्च गतिको इनटरनेट सेवासहित डिजिटल सामग्री र एआईमा आधारित सिकाइ प्रणालीको सिकाइलाई विस्तार गरिने बताएका हुन् ।

यसका साथै  पुस्तक, दिवा खाजा र पोशाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनराअवलोकन गर्ने पनि सरकारको नीति रहेको छ ।​​​​​​