काठमाडौं— नेपालमा स्नायू शल्य-चिकित्सा सेवाको सुरुवात गरेका वरिष्ठ चिकित्सक न्यूरो सर्जन डा. दिनेशनाथ गोंगलको निधन भएको छ। डा. गोंगलको मंगलबार मंगलबार ९४ वर्षको उमेरका आफनै निवासमा निधन भएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक समेत उनले सन् १९६१ मा नेपालमा पहिलो पटक सवारी दुर्घटनामा हेड इन्जुरी भएकी महिलाको टाउको खोलेर शल्यक्रिया गरेका थिए।
डा. गोंगलले नेपालमा पहिलो पटक पिट्युरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी, पेटको लेनो रेनल सन्टलगायत सफल शल्यक्रिया गरेका छन्।
१९८९ सालमा पाल्पामा तानसेनमा जन्मिएका उनले भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेका थिए। त्यसपछि मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए। छन्।
सन् १९६१ मा नेपाल फर्किएर वीर अस्पतालमा काम सुरु गरेका थिए। उनले वीर अस्पतालमा चार दशक काम गरेका थिए।






































