काठमाडौं— सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो।
स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।
यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइने छ।




































