काठमाडौं— इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंङ्स विजयी भएको छ ।
शनिबार राति भएको खेलमा चेन्नई सुपर चेन्नाईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।
चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाए । शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन बनाए ।
किङ्सले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।






































