काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ ।

१२ः३४ मा शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।

शपथग्रहणका क्रममा बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको उनीनिकट स्रोतको भनाइ छ ।