काठमाडौं— सरकारले २७ फागुनमा ६ अर्ब रूपैयाँ आन्तरिक उठाउँने भएको छ । ५ वर्षे विकास ऋणपत्र–२०८७ मार्फत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयल ६ सय करोड अर्थात् ६ अर्ब रूपैयाँ ऋण परिचालन गर्ने भएको हो । 

मंगलबार एक सूचना जरी गर्दै कार्यालय विकास ऋणपत्रको बिक्री खुला गरेको जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले तोकिएको सर्त पुरा गरेर ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । 

सूचना अनुसार फागुन २६ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ऋणपत्रका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्कसन भने २७ फागुन, २०८२ मा हुनेछ । 

कूल ६ अर्ब रूपैयाँमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब १० करोड रूपैयाँ बराबरको ऋणपत्र प्रतिस्पर्धा र १५ प्रतिशत विनाप्रतिस्पर्धा वितरण गरिने कार्यालयले जनाएको छ ।