काठमाडौं— सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रूपैयाँले बढ्दै ५ हजार ७२० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।