कैलाली— कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो ।

बझाङको तलकोट गाउँपालिका– १ घर भएका मृतक चदाराको सोमबार राती छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।