काठमाडौं— बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।
वेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






































