उच्च उचाइमा बस्ने मानिसमा मधुमेहको जोखिम कम हुनुको वैज्ञानिक रहस्य पत्ता लाग्यो

311 Shares
alt

काठमाडौं –  उच्च उचाइमा बसोबास गर्ने मानिसहरूमा मधुमेहको जोखिम कम हुने तथ्यलाई वैज्ञानिकहरूले नयाँ अध्ययनमार्फत पुष्टि गरेका छन् ।

गल्याडस्टोन इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार कम अक्सिजन भएको वातावरण (हाइपोक्सिया) मा शरीरका रातो रगतका कणहरूले रगतबाट ठूलो मात्रामा ग्लुकोज सोस्ने गर्छन् ।

अक्सिजनको स्तर कम हुँदा रातो रगतका कणहरूले नयाँ प्रकारको मेटाबोलिक प्रक्रिया अपनाउने र यसले रगतमा रहेको अतिरिक्त चिनीलाई सोसेर ‘सुगर स्पन्ज’को रूपमा काम गर्ने हुनाले उच्च उचाइमा बस्नेहरूको रक्त चिनी सन्तुलित रहने देखिएको हो । शेल मेटाबोलिजम जर्नलमा प्रकाशित यस अध्ययनले रातो रगतका कणहरू ग्लुकोज मेटाबोलिजमको एउटा महत्वपूर्ण तर अहिलेसम्म ओझेलमा परेको हिस्सा भएको खुलासा गरेको छ । गल्याडस्टोन इन्भेस्टिगेटरका बायोकेमिस्ट डा. इशा जैनका अनुसार यो खोजले रक्त चिनी नियन्त्रणका लागि नयाँ उपचार पद्धति विकास गर्ने ढोका खोलेको छ ।

अध्ययनका क्रममा मुसाहरूलाई कम अक्सिजन भएको वातावरणमा राख्दा उनीहरूको ग्लुकोज स्तर तुरुन्तै घटेको पाइएको थियो । आधुनिक इमेजिङ प्रविधिले मांसपेशी वा कलेजो भन्दा पनि रातो रगतका कणहरू नै मुख्य ‘ग्लुकोज सिङ्क’ (ग्लुकोज सोस्ने केन्द्र) भएको देखाएको छ । यसै अनुसन्धानको आधारमा वैज्ञानिकहरूले ’हाइपोक्सी स्टाट’ नामक औषधिको सफल परीक्षण समेत गरेका छन् । यस औषधिले रातो रगतका कणहरूलाई अक्सिजन कम नभए पनि ग्लुकोज सोस्ने क्षमता प्रदान गर्दछ ।

मुसामा गरिएको प्रयोगमा यो औषधिले उच्च रक्त चिनीको अवस्थालाई पूर्ण रूपमा उल्ट्याउनुका साथै हाल प्रचलनमा रहेका अन्य उपचारभन्दा प्रभावकारी नतिजा दिएको थियो ।

डा. जैनका अनुसार यो पहिलो पटक हो कि अक्सिजनको कमीबाट हुने प्रभावलाई मधुमेहको उपचारमा प्रयोग गरिएको छ । यस खोजले मधुमेहका अतिरिक्त व्यायाम विज्ञान र गम्भीर स्वास्थ्य समस्याहरूमा समेत नयाँ उपचारको आशा जगाएको छ । एएनआई


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.