काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएका छन्। गत सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत राउतलाई ज्वरो र पेट दुख्ने समस्या देखिएको थियो। साथै उनको अक्सिजनको मात्रा पनि कम भएपछि अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताएका छन्।

हाल उनी उपचारको तेस्रो दिनमा अस्पतालमै रहेका छन्। चिकित्सकका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने देखिएको छ।