काठमाडौं— नेपाल इन्टरनेशनल हेल्थ सर्भिस ९एनआइएचएस०ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
आउने शनिबार,पुस १२ गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए ।
उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेका जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।
उनले भने,‘जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउन, उहाँहरुको रोग पत्ता लगाइदिन र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेको हौं । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने हाम्रो आकांक्षा हो ।’
त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिन सकिने पनि जानकारी दिए ।
‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । यसमा विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न सक्नुहुने छ । क्यान्सर, पेट, छाला, कलेजो र दाँतसँग सम्बन्धित डाक्टरसँग परामर्श लिन सक्नुहुनेछ । आफ्नो रोगको निधानको विषयमा सुझाव लिन सक्नु हुनेछ । औषधिहरु पनि केही छुटमा दिने छौं’, उनले भने ।






































