काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

डिसेम्बर २५ का दिन मनाइने क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।

उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।

क्रिसमसजस्ता पर्वहरूले सामूहिक भावना, मेलमिलाप र सामाजिक एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने खड्काको भनाइ छ। उनले यस्ता चाडपर्वले समाजमा सकारात्मक सोच र आपसी समझदारी विकास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यवाहक सभापति खड्काले क्रिसमस डे–२०२५ ले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै नेपाली समाजमा सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।