काठमाडौं— औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग गर्दै औषधि व्यवसायीहरूको संघर्ष समितिले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरूले ऐनमा राखिएको प्रावधान अव्यावहारिक भएको भन्दै तत्काल संशोधन गर्न सरकारसमक्ष माग राखेका हुन्।

धर्नामा सहभागी व्यवसायीहरूले ‘हाम्रो जायज माग पूरा गर’, ‘औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने लिखित प्लेकार्डहरू प्रदर्शन गर्दै विरोध जनाएका थिए। संघर्ष समितिका सदस्यहरूका अनुसार उक्त प्रावधान कार्यान्वयनमा जटिल, व्यवसायमैत्री नभएको र यसको कारण सामान्य सेवा सहज रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

समितिले सरकारलाई छिटोभन्दा छिटो सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने चेतावनी दिएको छ।