काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)को खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजले दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।






































