काठमाडौं— ग्लाइड सिटी स्केटपार्कको आयोजनामा तथा नेपाल स्केटिङ र स्केटबोर्डिङ एसोसिएसनको सहयोगमा सम्पन्न ग्लाइड फेस्ट २०२५ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। स्केटिङ खेलको प्रवर्द्धन तथा प्रतिभावान युवा स्केटर्सलाई अघि बढाउने उद्देश्यले आयोजित यो प्रतियोगितामा बाल–किशोरदेखि युवासम्मको उत्साहपूर्ण सहभागिता रहेको थियो।

प्रतियोगिता जुनियर (१० वर्षसम्म) र सिनियर (१० वर्षभन्दा माथि) गरी दुई विधामा संचालित भयो। उत्कृष्ट प्रदर्शनका आधारमा विजेताहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।
जुनियर समूह (१० वर्षसम्म) विजेताः प्रथमः सुवास श्रेष्ठ, द्वितीयः एन्जे शेर्पा, तृतीयः सुवर्ण अधिकारी, सिनियर समूह (१० वर्षभन्दा माथि) विजेता: प्रथमः रामु थारु, द्वितीयः बिपिन मगर, तृतीयः आर्यन रहेका छन् ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको अवसरमा ग्लाइड सिटी स्केटपार्कका प्रबन्ध निर्देशक बसन्त पन्तले विजेता र सहभागी सबैलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी वर्ष झनै ठूलो, व्यवस्थित र रोमाञ्चक ‘ग्लाइड फेस्ट’ आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।
ग्लाइड फेस्ट २०२५ ले नेपाली स्केटिङ समुदायमा नयाँ उर्जा र प्रेरणा भरेकोछ। आयोजकका अनुसार भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै स्केटिङ खेललाई अझ व्यापक रूपमा विस्तार गरिनेछ।





































