विराटनगर । झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २० गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा- १० का २८ बर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा- ९ का ३८ बर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर- १६ बाट पक्राउ गरेको छ ।
त्यस्तै झापाको भद्रपुर- ५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर- ४ का ३० बर्षीय पुरण बिश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर- १३ बाट प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित मेचीनगर- ३ का ३० बर्षीय प्रशान्त सेन्चुरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान भईरहेको छ ।






































