सुनसरि  ।  सवारी अंङ्गभङ्ग मुद्दामा फरार रहेका इनरुवा नगरपालिका वडा नं.६ का वडाअध्यक्ष सुमन थापा पक्राउ परेका छन्।

गत २०८१ फाल्गुण २२ गते रामधुनी नगरपालिका ३ स्थित बगैंचा टोलमा उनले चलाएको बा २१ च ६८८८ नम्बरको गाडीले देविका खनाललाई ठक्कर दिएको थियो । सो पश्चात् उनी विरुद्ध किटानी जाहेरी दिएको भएपनि प्रहरीले सो दर्ता गर्न इन्कार गरेको थियो ।

उच्च अदालत मार्फत परमादेशको आदेशको लागि मुद्दा गरेपछि मात्रै सो जाहेरी दर्ता भएपछि  फरार रहेका थापा लामो समयसम्म लुकेर बसेका थिए । पक्राउ परका थापालाई म्याद थपका लागि सुनसरी जिल्ला अदालत लगिने छ ।