काठमाडौं— कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशुका औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।
उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।