काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर तोकको छ। दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर तोकेको हो।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ।
यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।
हेर्नुहोस् हवाई भाडादरको सूचीः
काठमाडौं–सिमराः ३ हजार ९७८ रुपैयाँ
काठमाडौं–भैरहवाः ८ हजार ४६१ रुपैयाँ
काठमाडौं–राजविराजः ८ हजार २१० रुपैयाँ
काठमाडौं–सुर्खेतः ९ हजार ३० रुपैयाँ
काठमाडौं–भरतपुरः ४ हजार ६४३ रुपैयाँ
काठमाडौं–भद्रपुरः १२ हजार ११२ रुपैयाँ
काठमाडौं–जनकपुरमाः ५ हजार ४७० रुपैयाँ
काठमाडौं–पोखराः ६ हजार ६३५ रुपैयाँ
काठमाडौं–नेपालगञ्जः १३ हजार १०३ रुपैयाँ
काठमाडौं–विराटनगरः ९ हजार ७८५ रुपैयाँ
काठमाडौं–धनगढीः १७ हजार ५७९ रुपैयाँ
काठमाडौं–तुम्लिङटारः ७ हजार ६३० रुपैयाँ रहेको छ ।