काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो हालै सम्पन्न विदेश भ्रमण, सरकारका ताजा उपलब्धिहरू तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर सम्बोधन गर्नेछन्।
ओली हालै तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई साउन २३ गते स्वदेश फर्किएका थिए।