काठमाडौँ –  सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ । सभामुख घिमिरेले मंगलबार ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँगको संयुक्त बैठक बोलाएका थिए । 

तर सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । 

प्रमुख सचेतकहरूसँगको छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न विधेयक तथा प्रतिवेदनहरूका बारेमा छलफल गर्ने बताइएको थियो ।

गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुने तयारी थियो ।