काठमाडौं—  सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।

धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको  केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताए । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ उनले भने ।

भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्‌नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो । उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए । 

गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।