काठमाडौं— नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।
बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।
सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण(पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण(पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८०/८१ सम्मको कर चुक्ता प्रमाण(पत्र, कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेको अनुभव खुल्ने प्रमाण र पछिल्लो तीन महिनाको ‘पेज भ्यु’ देखाउने गुगल एनालिटिक्स रिपोर्ट समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
साथै, आवश्यक परेमा सो रिपोर्ट अनलाइन देखाउन सकिने अवस्था हुनुपर्ने शर्त राखिएको छ ।