तनहुँ— गर्मीयामसँगै प्रदेश अस्पताल दमौलीमा भाइरल ज्वरो, पखाला र टाइफाइडका बिरामीहरु बढेका छन्। दैनिक ४५० भन्दा बढी बिरामी उपचारका लागि आउन थालेको अस्पताल स्रोतले जनाएको छ।
बिरामीले बढी प्रभावित हुनेहरुमा बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गर्नेहरू रहेका छन्। औषधि प्रयोग गरेर पकाइएका आँप र लिची धेरै खाँदा झाडापखालाका बिरामी बढेका डा. परिवर्तन बरालको भनाइ छ।
गर्मीबाट बच्न झोलिलो पदार्थको सेवन बढाउन, पानी उमालेर पिउन, र ज्वरो आएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सुझाव दिइएको छ।