चितवन— चितवनमा यस वर्षको पहिलो पाँच महिनामा ५२ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालस्थित एएचएफ नेपाल केन्द्रमा तीमध्ये २३ जना स्थानीय छन् भने बाँकी अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका हुन्।

हाल यस केन्द्रमा १,१८८ जना बिरामी नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। तीमध्ये ५८२ पुरुष, ५५८ महिला, ३० बालबालिका र १८ जना तेस्रो लिङ्गी छन्। माडी र डण्डास्थित अस्पतालमा ५५ जना स्थानान्तरण भइसकेका छन् भने ५ जना फेरि भरतपुर फर्किएका छन्।

अस्पतालले औषधिसँगै बिरामी र कुरुवालाई खाना, एम्बुलेन्स, उपचार सहयोग र खाध्यान्न समेत उपलब्ध गराइरहेको छ। यद्यपि, भाइरल लोड परीक्षणमा चाहिने किट अभावका कारण पछिल्लो समय समस्या देखिएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा। कल्याण सापकोटाले जानकारी दिए।