गर्मी मौसम आँप बिना अधुरो देखिन्छ। आँप स्वादमा उत्कृष्ट मात्र नभएर फलफुलको राजा पनि भनिन्छ । मीठो, रसिलाे र सुगन्धित आँप सबै उमेरका मानिसलाई मन पर्छ ।

तर, आँप खाइ सके पछि हामी प्रायः यसको बीउलाई बेकार सम्झेर फालिदिन्छौं तर के तपाईलाई थाहा छ यी आँपको दाना हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक हुन्छ ? आँपको दानामा पाइने पोषक तत्व र औषधीय गुणले हाम्रो शरीरलाई धेरै समस्याबाट बचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । आयुर्वेदमा आँपको बीउ वर्षौं देखि धेरै उपचारमा प्रयोग हुँदै आएको छ। आजको यो लेखमा हामी आँपको बीउका ५ ठूला स्वास्थ्य फाइदाहरूबारे जानकारी गरौं, जसलाई थाहा पाएपछि तपाईले पक्कै पनि यसलाई फ्याँक्नु अघि दुई पटक सोच्नु हुनेछ।


पखालामा राहत

आँपको दाना पाचनका लागि निकै फाइदाजनक मानिन्छ । यसको पाउडरको सेवनले झाडापखाला र लुज मोशनजस्ता समस्यामा निकै प्रभावकारी हुन्छ । यसले आन्द्रालाई बलियो बनाउँछ र पेटलाई शान्त राख्छ। यसका लागि दाना सुकाएर यसको पाउडर बनाउनु होस् र एक चुटकी महको साथ लिनुहोस्।


कोलेस्ट्रोल घटाउन सहयोगी

यसमा पाइने फाइबर र एन्टिअक्सिडेन्टले शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) कम गर्न मद्दत गर्छ, जसले गर्दा मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ। यसले रक्त सञ्चार सुधार गरेर मुटुलाई स्वस्थ राख्छ ।


 मधुमेह नियन्त्रणमा सहयोगी

आँपको दानाको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसमा केही यौगिकहरू हुन्छन्, जसले इन्सुलिनको दक्षतामा सुधार गर्छ र शरीरमा चिनीको अवशोषणलाई सन्तुलनमा राख्छ।


 कपाल र छालामा लाभदायक

आँपको दानाबाट बनेको तेल कपालका लागि निकै राम्रो मानिन्छ । यसले कपाललाई नरम, बलियो र चम्किलो बनाउँछ। थप रूपमा, यसले छालालाई मोइस्चराइज गर्दछ र सुख्खापन र झुर्रियाँ कम गर्दछ। यसको मतलब यो कोलेजन बढाउनको लागि पनि राम्रो छ। आँपको बीउबाट निकालेको तेल कपाल र छालामा लगाउन सकिन्छ।


 तौल घटाउन सहयोगी

आँपकाे दानामा पाइने फाइबरले पाचन क्रियालाई सुधार गर्छ र भोकलाई नियन्त्रण गर्छ। यसको नियमित सेवनले मेटाबोलिज्मलाई गति दिन्छ, जसले तौल घटाउन मद्दत गर्छ। साथै, यसले शरीरमा बोसो जम्मा हुनबाट पनि रोक्छ। आँपको दानाकाे धुलोलाई पानीमा मिसाएर पिउन सक्नु हुन्छ।