काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको दर्ता नविकरण रोक्ने बताएका छन् । सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएकाले सो कार्य रोक्ने बताएका हुन् ।

सरकारी अस्पतालले बीमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । 

कार्यक्रम बापतको दाबी भुक्तानी  बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी मन्त्री पौडेलले दिए । उनले थपे, 'हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालू आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौं ।'

सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विभिन्न सङ्घसंस्थामार्फत सरकारले दिएका स्वास्थ्य बीमाका सुविधालाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक रहेको बताए । 

उनले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना एवं नेपाल प्रहरीको परिवार कल्याणकारी कोषले गर्दै सञ्चालन गर्दै आएको बीमा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक भएको बताए ।

बजेटका कारणले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा समस्या भएको भन्दै उनले यसलाई व्यवस्थित गरेर लैजान सरकारले काम गरिरहेको बताए ।

आर्थिक वर्ष २०८०/ ८१ मा सरकारले बजेट भाषण गर्दा बीमा कार्यक्रमका लागि रु सात अर्ब ५० करोड छुट्यायो । यसलाई रु एक खर्ब आवश्यक पर्छ । यसको स्रोत व्यवस्थापन गर्नुपर्छ मन्त्री पौडेलले भने