काठमाडौं: सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्दै चित्त नबुझेको आफ्नो आक्रोश प्रकट गरेका छन्।


OM Sai Pathibhara Hospital

सोमबार  (आज), पीडितहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता नारा लेखेका प्लेकार्डसहित सडकमा उत्रिएका थिए।


सहकारी संस्थाहरूको रकम अपचलनका कारण पीडित भएका बचतकर्ताहरू महिनौं देखि सडक आन्दोलनमा छन्। उनीहरूले सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता गर्न माग गर्दै आएका छन्। यद्यपि, तिनीहरूको मागमा सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन, जसले गर्दा उनीहरूको आक्रोश अझ तीव्र बनेको छ।