काठमाडौं— परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमै १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी छन् । उनी भरतपुर अस्पतालकी रजिस्ट्रार रहिसकेकी छन् । उनले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण र प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

OM Sai Pathibhara Hospital

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका विविध आयामबारे उनका अनुसन्धानात्मक लेख प्रकाशन भइसकेको छ ।

मन्त्री पौडेलले अघि सारेको मातृशिशु स्वास्थ्य सेवा सुधारको योजनामा डा। पाण्डेको नियुक्तिसँगै थप योगदान पुग्ने विश्वास गरिएको उनको निजी सचिवालयले जनाएको छ ।