आपदामाथि गर्न सकिन्छ नियन्त्रण,
तर प्रकोपमाथि गर्न सकिंदैन।
मानवइतिहास साक्षी छ,
तर सबैले यो तथ्य बुझिंदैन।
डढेलो निभाउन किन सक्दैन,
यत्रो ठूला शक्ति भएका देश?
यो अल्लाहको आदेश छ,
यो हो सबैभन्दा स्पष्ट सन्देश।
प्रकोपसँग लड्न सक्दैन,
कुनैपनि शक्ति, कुनै बल।
प्रायश्चित गरि टार्न सकिन्छ,
यो कहालीलाग्दो पल।
नभए छैन अन्य कुनै उपाय,
रोक्न सकिन्न यो विपत्ति।
भक्तिले मात्र मिल्छ शान्ति,
अनि हराउँछ यो विपत्ति।
सैफ नेपालीको तर्फबाट,
हो यो स्पष्ट छर्लङ्ग सन्देश।
यसलाई बुझौँ हामी सबैले,
यो नै हुन्छ सबैको लागि बेस।