दुहबी । सुनसरीको दुहबी नगरपालिकामा रहेको एक मात्र नमुना विद्यालयमा बेथिति भएको आशंका गरिएकोछ ।
दुहबी ५ स्थित रहेको श्रीसरस्वती माबीमा प्रधान अध्यापकको मनमानीले गर्दा विद्यालयको आर्थिक कारोबारमा गडबडी देखिएको छ । बिद्यालयले २२ वटा सटर भाडाको रकम देखि विद्यार्थीहरु पठन पाठ्न सम्ममा मनोमानि गरेको पाइएको छ ।
दुहबीको स्थानीय तथा अभिभावकहरूको ब्यापक जन गुनासो बढ्दै गएपछि दुहबीका संचारकर्मीको टोलिले गत साउनमा बिद्यालयका प्रधानअध्यापक तेज प्रसाद तिम्सिनासँग आर्थिक तथा भौतिक गतिविधिको सुचना मागेको थियो । सोही सूचनाबाट उल्लेखित बेथितिहरुको खुलासा भएको हो ।
बिद्यालयको भवनमा रहेको २२ वटा सटर भाडाको प्रयोजन गरेकोमा हाल सो भाडामा लगाएको र वैज्ञानिक भाडा दर नराखि सस्तो दरमा तत्कालीन व्यवस्थापन समिति तथा प्रधानअध्यापकको मिलोमतोमा निर्णय गरिको पाइएको छ । प्रत्येक सटरको भाडा प्रचलित दररेटभन्दा निकै कम २७ सय मात्र लिने गरेको तथ्य फेला परेको छ ।
सो बिद्यालयको छेउ छाउमा चलन चल्तिको मूल्य अनुसार प्रत्येक सटरको भाडा ५ हजार देखि ८ हजार सम्म रहेको छ । तर, तत्कालीन व्यवस्थापन समिति र प्रधान अध्यापकको मिलोमतोमा सो सस्तो भाडा दर कायम गरेको स्थानीयहरूले बताएका छन् ।
बिद्यालयले लगाएको सटर भाडामा ठेक्दारी प्रथा देखीन्छ भने सो सटर भाडा पहिलो ब्यक्तीले लिएको भाडा कुनै कारण बस सो सटर छोडे आन्तरिक रुपमा लाखौंमा ठाउँ बेच्ने गरेको पनि स्थानीयहरूले आशंका गरेका छन् ।
स्रोतका अनुसार पहिलोपटक भाडा लिएको पसल संचालकले आफ्नो पसल बन्द गरि ठाउँ बेचेर हाल सो ठाउँमा अर्को पसल संचालन भए पनि अझ सम्म बिद्यायललाई तिर्दा भाडाको रकम समेत पहिलेकै पसल संचालकले कमिसन खुवाएर तिर्नुपरेको छ ।
यता सो विषयमा श्रीसरस्वती माबीका प्रधानअध्यापकले तत्कालीन व्यवस्थापन समितिको निर्णयको आधारमा २२ वटा सटरको भाडा निर्धारणको आधारमा लिने गरेको र पछिल्लो समय छेउछाउको चलन चल्तीको आधारमा कम भएको स्विकार गरेका छन् । पहिला नै भाडामा लिएको पसल संचालकले हाल सम्म पनि कम भाडा तिर्ने गरेको बिद्यालयको नयाँ व्यवस्थापन समिति बन्न साथ भाडा दर कायम गर्ने उनले बताए ।
सो भाडाको ठाउँ अरुलाइ दिएको आफू लाई केहि थाहा नभएको प्रअले बताए । सो विद्यालयको गेटमा रहेको सटर लगायतका पसलमा खुल्लम खुल्ला सुर्तीजन्य पदार्थ बिक्री भइ रहँदा समेत बिद्यालय प्रशासन मौन देखिएको छ।
विद्यालयले १० लाख बढी सटर भाडा उठाउन न सकेको हुँदा व्यापक अनियमितताको आसंका भएको स्थानियहरु बताउँछन । सटरमा सुर्ती जन्य पदार्थको खुलेआम विक्रिवितरण भएको र त्यसको असर बालबालिकामा परेको देखिँदा समेत सरोकार बाला तथा दुहबी ५ का वडा अध्यक्ष रमेश रौनियार मौन देखिन्छन् ।
विद्यालयको सय मिटर आसपास क्षेत्रमा चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न सरकारले निर्देशन जारी गरिएको दशक लाग्दा समेत त्यसको कार्यान्वयन नभएकाले अनुगमनको खाँचो रहेको छ।