काठमाण्डौ । चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। चिनमा तिब्बतको दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।भूकम्पको धक्का काठमाडौँ लगायत अन्य जिल्लामा पनि महसुस भएको छ ।यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ।

OM Sai Pathibhara Hospital

आज बिहान काठमाण्डौमा ६:५१ बजे भूकम्पको डरलाग्दो धक्का महशुस गरिएको छ। कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका थिए । भूकम्पको धक्का झापा, काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ ।

भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।