OM Sai Pathibhara Hospital

काठमाण्डू :सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ ।

घिसिङसँग ९ बुँदे स्पष्टीकरण माग्दै अन्तिम बुँदामा 'तपाईंको नियुक्तिको अन्त्य किन नगर्ने' भनेर सोधेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय घिसिङका नाममा सोमबार ९ बुँदे स्पष्टीकरण पत्र पठाएको हो। 

पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख छ।