बिराटनगर :गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईलाई सरुवा गर्दै सहसचिव इन्द्रदेव यादवलाई मोरङको सिडिओ बनाएको छ। यादव यसअघि चितवन, इलाम, र सुनसरीका सिडिओ रहिसकेका छन्।
साथै, गृहले काठमाण्डूका सिडिओ जयनारायण आचार्यलाई मन्त्रालयमा तानेर सहसचिव ऋषिराम तिवारीलाई काठमाण्डू पठाएको छ। सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा तानेर धर्मेन्द्र मिश्रलाई सुनसरी सरुवा गरिएको छ।
त्यस्तै, झापाका सिडिओ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा तानेर सर्लाहीका सिडिओ गोपाल कुमार अधिकारीलाई झापा पठाइएको छ। कैलालीका सिडिओका रूपमा गोगन बहादुर हमाल र तुलसी बहादुर श्रेष्ठलाई नियुक्त गरिएको छ।गृहले अन्य जिल्लाका सिडिओहरूमा पनि व्यापक सरुवा गरेको छ।