काठमाण्डौ । भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटी चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ ।

OM Sai Pathibhara Hospital

बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ भने भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्युतीय स्कुटी चार्जमा लगाएका थिए ।

चार्ज हुने क्रममा उक्त स्कुटीबाट एक्कासी आगोको लप्का निस्किएको थियो । आगोको लप्का निस्कँदै गर्दा सोही स्कुटी नजिकै अर्को एक्टिभा स्कुटी पनि पार्किङ्ग गरेर राखिएको थियो । विद्युतीय स्कुटीमा आगो लागेसँगै सँगै रहेको एक्टिभा स्कुटीमा पनि आगलागी भएको थियो ।

ति दुवै स्कुटी एकै पटक बिष्फोट भएको थियो । बिष्फोटनमा परी नजिकै रहेका ११ बर्षीया चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जना घाइते भएका छन् । घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।