काठमाण्डू :हजुरबुवाले दागबत्ती दिएका सचिन परियारको विद्युतीय शवदाहमा अन्तिम संस्कार गरिएको छ ।
बिहीवार निधन भएका बाल गायक सचिनको आफन्तको पर्खाइमा आज मात्र पशुपतिमा दाहसंस्कार भएको छ । छोराको निधनपछि तेजेन्द्रले उनको आँखा दान गर्न खोजेका थिए तर स्वास्थ्यकर्मीले रिपोर्ट हेर्दा सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि आँखा दान गर्ने चाहना अधुरो रहेको छ ।






































