काठमाण्डू :सचिन परियारको दाहसंस्कार अघि, उनका बाबु तेजेन्द्र परियारले छोराको आँखा दान गर्ने इच्छा व्यक्त गरेका थिए।
उनले चाहेका थिए कि उनका छोराको आँखाले अरूले संसार देख्न पाऊन्।तर, यो चाहना पूरा हुन सकेन। स्वास्थ्यकर्मीहरूले सचिनको आँखा दानको प्रक्रिया अघि बढाउन उनका स्वास्थ्य रिपोर्टहरू अध्ययन गरे।
सो अध्ययनपछि, सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र उनका आँखा स्वस्थ नभएको पत्ता लाग्यो, जसका कारण आँखा दानको प्रक्रिया रोकिएको थियो।






































