काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राती १२:०० बजे पछिबाट लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।

पहिलो वर्ग: पेट्रोल १६०.५० रूपैयाँ, डिजेल १५०.५० रूपैयाँ।

दोस्रो वर्ग: पेट्रोल १६२ रूपैयाँ, डिजेल १५२ रूपैयाँ।

तेस्रो बर्गः पेट्रोल १६३ रूपैयाँ ,डिजेल-मट्टीतेल १५३ रूपैयाँ  

भारतीय आयल कर्पोरेसनको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको हो।

Screenshot_2024_1231_203116