सुनसरी  ।  सुनसरीको इटहरीमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले  निष्क्रिय पारेको छ । बम भन्द्यै राखिएको कुकर भित्र राष्ट्रिय सुरक्षा दल नेपाल नामको पर्चा  भेटिएको छ ।

भेटिएका दुई शंकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ। उपमहानगरअगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ।​ उपमहानगरपालिकाको गेटअगाडि भेटिएको शंकास्पद वस्तुसँगै भने केही पर्चा प्रहरीले भेटेको छ।

राष्ट्रिय सुरक्षा दल नामको लेटरप्याडमा विभिन्न मागहरू राखिएका छन्। प्रहरीले बरामद गरेको पर्चामा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, वैदिक सनातन हिन्दु राष्ट्र, संघीयता खारेजी, बलियो स्थानीय तहलगायतका माग गरिएका छन्। आफ्ना मागहरूलाई सरकारले ४० दिनभित्र पूरा गर्न चेतावनी समेत दिएको छ। प्रहरीले भने आतंक फैलाउनेहरू पहिचानको क्रममा रहेको जनाएको छ।FB_IMG_1735625739192