डडेल्धुरा :डडेल्धुरामा ट्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु भएको छ।

मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा  चालक कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुर बस्ने ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।