काठमाण्डू  ।   भरिसकेका झाँगड समुदायका एक्ला पाईलट !
मोरङको कटहरी ५ भौडाहाका २७ वर्षीय प्रमोद झाँगड (उराँव) नेपाली आकाशमा उडेको झण्डै ८ सय घण्टा पुग्यो ।

उनी बुध्दको जहाज लिएर नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगर, भैरहवा, सुर्खेत, जनकपुर, सिमरा, चन्द्रगढी, तुम्लिङटार लगायतका विमानस्थलमा यात्रु लिए जाने आउने गरिरहेका छन् । प्रमोद अल्पसंख्यक जातिमा सूचीकृत झाँगड (उराँव) समुदायबाट पाइलट बन्ने पहिलो व्यक्ति हुन् ।

छोरा पाइलट बनेर आकाशमा उडान गरिरहँदा बुबा विष्णु र आमा लालसरी अहिले पनि कुटो कोदालो र केती किसानीमा दैनिकी बिताइरहेका छन् ।