काठमाण्डौ । काठमाण्डौ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलर एकको खरिददर १ सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ र बिक्रीदर १ सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १ सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर १ को खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा युएई दिराम १ को खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर १ को खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ सय ४२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल १ को खरिदर ३ सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३ सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।