काठमाडौं–अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई र घाइते हुनेको सङ्ख्या १८ पुगेको छ।

वडा नं ५ र ६ को सिमानामा पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाच भइरहेको स्थानमा ना ३ ख २४७१ नंको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको थियो।

OM Sai Pathibhara Hospital

बसले भैलो खेलिरहेकाहरूमाथि ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारको क्रममा २२ वर्षीया तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ।