काठमाडौं–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि लाइसेन्सको छपाइ कार्य ठप्प भएको छ। यातायात व्यवस्था विभागले जर्मनीबाट ल्याएको नयाँ मेसिनले कार्ड चिन्न नसक्ने समस्या देखिएपछि असारदेखि नै छपाइ कार्य प्रभावित भएको हो।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार मेसिनको ‘पर्सनलाइजेसन’ प्रणालीमा समस्या आएको कारण छपाइ रोकिएको हो। यस्तो समस्या यसअघि जेठ महिनामा पनि देखिएको थियो।

OM Sai Pathibhara Hospital

दैनिक ४ हजारको हाराहारीमा लाइसेन्स माग भएपनि विभागले अहिले दैनिक ३ सयदेखि ५ सय वटा मात्रै लाइसेन्स छाप्न सकेको छ। नयाँ मेसिन बिग्रिएपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक लाइसेन्स छपाइ भइरहेको छ।

विभागले मेसिन मर्मतका लागि भारतको मद्रास सेक्युरिटी प्रेसलाई जानकारी गराइसकेको छ। तर‚ प्राविधिक समस्या भएकाले यति छिट्टै समस्या समाधान हुने निश्चितता नभएको विभागले जनाएको छ। लाइसेन्स छपाइमा आएको समस्याका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।