काठमाडौं–सरकारले नेपालमा प्रसारित हुने भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण सरकारले बन्द गरिदिएको छ । विदेशी मुद्राको सिफारिस नपाएपछि यी च्यानलहरूले स्वेच्छाले प्रसारण बन्द गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कलर्स, स्टार, जी र सोनी जस्ता च्यानलहरूको प्रसारण रोकिएको छ । करिब एक वर्षदेखि यी च्यानलहरूले विदेशी मुद्रा सिफारिस पाएका छैनन् ।

OM Sai Pathibhara Hospital

सरकारले विदेशी मुद्रा सिफारिसको नयाँ प्रणाली लागू गरेपछि यस्तो समस्या आएको हो । यस प्रणालीअनुसार प्रत्येक च्यानलले आफ्नो लागि छुट्टै विदेशी मुद्रा सिफारिस माग्नुपर्छ । यसलाई आलाकार्टा प्रणाली भनिन्छ।

तर, भारतीय च्यानलहरू यो प्रणाली मान्न तयार छैनन् । उनीहरू सबै च्यानलको एउटै मूल्य तोक्न चाहन्छन् । यसै कारण उनीहरूले विदेशी मुद्रा सिफारिस नपाएर प्रसारण बन्द गर्न बाध्य भएका हुन् ।

मुख्यत: भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।