मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन ।IMG-20240326-WA0000(1) 1

मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो । 

OM Sai Pathibhara Hospital

आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।  

कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसक्नुभएको छ । यस्तै उहाँले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।