कविता --- "" तिमी सम्झ ""


OM Sai Pathibhara Hospital

केही तिमी सम्झ केही उसले मान

     व्यवहार तब ठीकले चल्छ ।

आफ्नो - आफ्नो  हठमा रहे 

     न तिमी सुन्छो न उ सुन्छ ।। 


यदि चाहन्छो अनुकूल व्यवस्था

     तिमी प्रतिकूल यो ठीक छैन।

दृढ़ता  त चाहिने  छ जीवनमा 

     तर जिददी कुनै पनि ठीक छैन ।।


माधुर्य  भर रसहीन  हृदयमा 

   न दम्भ र अभिमान सदा।

सरल छैन जीवनको पथ यसैले 

    रहे शुष्क काष्ठले बने सदा।।


छ क्रोध मूल जड़ मनको कर्ता 

    अनुभूति भूलले पनि हुन  नदेउ ।

यो अंहकारले नै पोषण गर्छ 

     आफुसंग आफ्नो भनि नरहन देउ ।।


कहिले गर्म  कहिले नर्म पनि हुनु 

      निर्वहन तब कर्तव्य सब ।

 अति सहज बनाउ जीवन नौका

      सरल बन किनारा कमल तब ।।

          - देवेन्द्र किशोर ढुङगाना

          भद्रपुर, मेची क्याम्पस रोड 

                  "