" गजल "
उसको हरेक चोटमा
ऑशु बगेको याद छ !
उसले हरेक पल मलाई
पराया सम्झेको याद छ !!
आकाशको तारां तोडेर
ल्याउने कुरा थियो !
मैंले उसलाई सुन्दर चान्द्रमा
दिएको पनि याद छ !!
हजूर म उसलाई
ऑखामा राख्न चाहन्थे !
उसले चौक चौकमा मलाई
कसरी नचायो याद छ !!
ज्यान पनि मांग थियौ त
यो हंसेर दिन्थे उसलाई !
दिल चिरेर बॉच्न सिकायो
तिमीले त्यो पनि याद छ !!
मन तृपत हुन्जेल खिलौना सम्झी
खेल्दै रहयौ मसंग !
कति सजिलैसंग मलाई
किनारां लगायौ त्यो याद छ !!
भनि रह्यौ मलाई सबैका
सामने आफ्नो "प्राण प्रिय "!
एक्लै हुँदा मलाई कहिले पनि
अपनाएनौ त्यो याद छ !!
- देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा